Foxtail Millet Cultivation (कागुनो खेती)

सुक्खा जमीनको लागि वरदान बन्न सक्छ कंगनी मिलेट को खेती



के हजुर उन्नतशील कृषि गर्न चाहनुहुन्छ?
म हजुरलाई यस्तो अनाजको बारेमा भन्दैछु जो १.५ बिगाहा मा खेती गर्दा मात्र ९० दिनमा ५०-७० हजारसम्मको आर्थिक लाभ दिलाउन सक्नेछ हजुर लाई 😀
शरीरलाई आवश्यक पर्ने मिनरल्स, क्याल्सियम , भिटमिन्स बाट सजिएको यस अनाजको नाम हो FoxTail Millet (फक्स-टेल् मिलेट् ) जसलाई हिन्दीमा कंगनी , नेपालीमा कागुनो भनिन्छ।
आउनुहोस् जानिराखौ यो कागुनो को खेती को बारेमा, कहाँ हुन्छ यसको सहज उत्पादन
अनि बजारमा यसको माग किन बढ्दै छ?
Namaskar
म हुँ डा. सागर नाथ अधिकारी
हजुर लाई थाहा छ सन् २०२३ लाई ” International Year of Millets 2023 को रूपमा मनाइएको थियो ।
भारत मा ११ प्रकारका अनाजलाई मिलेट् को वर्गमा राखिएको छ
छिमेकी राष्ट्र चीनमा हजारौं वर्षदेखि फक्स् – टेल् मिलेट (कंगनी ) उत्पादन भैरहेको छ
त्यसैले यसलाई चिनीया बाजरा पनि भनिन्छ
दुनियाँकै पुरानो मिलेट् अन्तर्गत कागुनो पर्दछ
यसको खेती एसिया , अफ्रिका , अमेरिकाको २३ भन्दा बढी देशमा गरिन्छ
कागुनोको खेती ३-४ महिनासम्ममा गरिन्छ
यसको बोट ४-६ फीट सम्म हुन सक्छ
यसको बीज लगभग २ मिलिमिटर साइजको हुन्छ
बीजको रंग भने अलग अलग हुन सक्छ
कागुनोको खेती गर्नको लागि तपाईलाई चाहिन्छ राम्रो बीज
“ प्रताप कंगनी 1, SR 1, SR 11, SR 16 , तथा
PRK 1, S 114, SIA 3085, SIA 326 “ – उत्तरी भारतमा पाइने यी उत्कृष्ट बीजहरुमध्ये छानेरै पनि खेती लगाउन सकिन्छ
डेढ (१.५) बिघामा ४–५ केजी बीज छर्नुपर्छ भने ; एउटा ड्याङ्ग देखि अर्को ड्याङ्गको दूरी २५-३० सेन्टीमिटर ; एउटा बोट देखि अर्को बोट ८-१० , गहिराइ २-३ सेमीको राख्नु राम्रो मानिन्छ
कागुनोको बीज छर्न राम्रो समय भनेको मनसूनको समय ( अङ्ग्रेजी महिनाको जुन- अगस्टसम्म ) हो
यध्यपी, सिंचाईको व्यवस्था मिल्दाखेरी फेब्ररी मार्च
महिना पछी जुनै समयमा छर्न मिल्छ
कागुनोको खेती गर्न कम् उब्जाउ जमीन या मध्यम उब्जाउ जमीन दुबै भएपनि हुन्छ
राम्रो माटो , बलौटे माटो , सबैमा उब्जनी गर्न सकिने कागुनोले
पानी भने धेरै सहन सक्दैन
त्यसैले, जुन खेतमा पानी बढी जम्छ, त्यस ठाउंमा कागुनो हुर्किदैन
अब कुरा गरौं कागुनोको कटाई ( harvesting) बारे
कहिले कटाउने यसलाई भनेर यसको प्रजातिमा भर पर्दछ
रोपेको ८०-१०० दिनमा पाकेर तयार हुन्छ
हात या मेशिनद्वारा यसको कटाई गर्न सकिन्छ नै
हरियो चाराको रूपमा प्रयोग गर्न यसलाई ४५ दिनमै पनि कटाउन सकिन्छ
थ्रेसरको मदतले दाना र भूसलाई छुट्टाउन पर्छ


अब हामीले चर्चा गरौं
कति क्षेत्रफलमा कति कागुनो फल्ला ?
राम्रो अवस्थामा
डेढ बिघामा ७-९ क्विन्टल जति फल्न सक्छ
भूसको उत्पादन १०-१४ क्विन्टल हुनेछ
भारतमा कागुनोको मूल्य प्रति क्विन्टल ३२०० -४००० भा रू पर्दछ
यसको हिसाबले डेढ बिघामा ३०-४० हजार रुपैया पर्ने देखिन्छ
कागुनोको दाना(बीज ) बेच्नाले यति कमाइ गर्दा भूस बेचेर पनि ८-१० हजार कमाइन्छ नै एवम रीतले डेढ बिघामा ५० हजार जति कमाउन सकिन्छ
यसको लागतको कुरा गर्दा डेढ बिघामा मल, बीज बीजन, हार्भेस्टिङ्ग
गरेर ५-१० हजार जति लाग्ला भने कमाईको मात्रा ५ गुणा रहनेछ
यदि तपाईंले कागुनोको राम्ररी उत्पादन गर्नुभएको छ भने बजारमा बेच्न केही गाह्रो छैन किनकी शिक्षित वर्गमा यसको राम्रो माग छ

Phosphorous Calcium Iron Zinc Magnesium Sodium Potassium Copper Sulfur
Crude fiber Dietary fiber
Vitamins Thiamine (B1) Niacin (B3) Riboflavin (B2) Carotene (Vit A) Folic acid (B9) Pantothenic acid (Vit B5) Tocopherol (Vit E)

Folic acid, Magnesium, Potassium, B-carotene पनि पाईन्छ
कागुनोको नियमित सेवनले हाडजोर्नीको दुखाइलाई कम् गर्दछ
पाचनतन्त्रमा सुधार ल्याउंछ

यसमा भएको आइरन तत्वले रक्ताल्पता (एनिमिया ) लाई घटाउंछ
यसमा विध्यमान एण्टी-अक्सिडेण्टले तनाव -क्यान्सरको
खतरालाई घटाउने देखिएको छ
त्यसैले कागुनोलाई क्यान्सर टोनिकको रूपमा किन्ने पनि गरिन्छ
अर्गानिक हिसाबले कागुनोको खेती गर्यौं भने राम्रो मोलमा बिकाउन सकिन्छ
यसरी कागुनो जस्तो धेरै लाभदायी खेती, स्वास्थ्य संरक्षक अनाज हामी सबैले उपयोग गर्दै अरुलाई पनि प्रेरित गर्नुपर्छ
सबैको जय होस्
धन्यवाद

Scroll to Top